मेडिकल कलेज निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि भन्दै वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ। रिपोर्ट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको हो।
प्रस्तावक भने सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना रहेको छ।कलेज निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गर्न २०७६ जेठ २ मा नैशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएको थियो।
यसैगरी एकै समयमा मन्त्रालयले मधेस प्रदेशको बर्दिवास,लुम्बिनी प्रदेशको रुपन्देशी र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन तयार गर्न सहमति दिएको थियो।
६ सय शय्याको सुर्खेत मेडिकल कलेज निर्माणका लागि विकास आयोजनाले रिपोर्ट तयार पारेको हो। मेडिकल कलेज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ र १३ मा आधुनिक स्तरको निर्माण हुने छ।
२९.८८९ हेक्टर जग्गामा साइट ए र साइट बी गरी मेडिकल कलेज तथा अस्पताल सेवा सञ्चालन गरेर आवश्यक बिरामीहरुलाई उपचार सेवा प्रदान गरिने लक्ष्य आयोजनाको छ।
मेडिकल कलेजमा रेडियोलोजी,अल्ट्रासाउण्ड, ईसीजी,प्याथोलीजी,सर्जरी,युरोलोजी,अंकोलोजी, नाक,घाँटीसम्बन्धी सेवाहरु उपलब्ध हुने रिपोर्टमा उल्लेख छ।
कलेज निर्माण हुने साइटको क्षेत्रफल १६.५० हेक्टर र साइट बीको १३.3८ हेक्टर रहेको छ।कलेज निर्माण सुरु हुन अगाडि वन क्षेत्रको प्रयोगमा स्वीकृत,टेन्डर तथा कम्पनी छनोट प्रकृयामा वातावरणीय व्यवस्थापको सुनिश्चित आवश्यक पर्छ।
कलेज निर्माण चरणमा २४ हजार मानव दिन दक्ष तथा १ लाख २६ हजार मानव दिन अदक्ष कामदारका लागि शिविर सञ्चालन हुने रिपोर्टमा उल्लखे छ।
कलेजको साइट ए मा १० वटा र साइट बी मा ११ वटा ब्लक निर्माण हुने छ। विद्यार्थी क्षमता वार्षिक १ सय रहने छ।