कालिकोटको जिल्ला कमिटी र जनप्रतिनिधिमा एमाले भन्दा एकीकृत समाजवादी बढी
कालिकोट भदौ २३ कालिकोटमा निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने जनप्रतिनिधि संख्यामा मात्रै नभएर पार्टीको जिल्ला कमिटी संख्यामा समेत नेकपा(एकीकृत समाजवादी)को पक्षमा धेरै देखिएका छन्।
नेकपा(एमाले)कालिकोटले जिल्ला भेला र जिल्ला कमिटी बैठक गरेर गलत अफवाह फैलाउन खोजेको भन्दै जनप्रतिनिधिको साथै जिल्ला कमिटीमा समेत एकीकृत समाजवादी हुनेको संख्या धेरै रहेको जनाइएको छ।
एकीकृत समाजवादी कालिकोटका सचिव चित्रसिंह गाउँलेले दिएको जानकारी अनुसार जिल्लामा निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख मध्ये एमालेमा खाँडाचक्र नगर प्रमुख जसि पाण्डे र महावैका उपाध्यक्ष मनराज शाही मात्रै एमालेमा रहेका छन् भने एकीकृत समाजवादीमा नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिरबहादुर बिष्ट,शुभकालिका गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईं,खाँडाचक्र नगर उपप्रमुख बिजया बिष्ट र शुभकालिका गाउँ पालिका उपाध्यक्ष पम्फा कुमारी शाहीले साथ दिएर एमाले भन्दा दोब्बर बढी प्रमुख उपप्रमुख एकीकृत समाजवादीमा लागेका छन्।
एमालेमा वडा अध्यक्ष संख्या जम्मा ११ जना मात्रै रहेको छ भने एकीकृत समाजवादीमा स्वतन्त्रबाट जितेकी गौंकला सिंह सहित १३ जना जनप्रतिनिधि रहेका छन्।
यसैगरी पार्टीको जिल्ला कमिटी सचिवालयमा रहेका जिम्मेवार नेताहरु सहित कुल जिल्ला कमिटीको बहुमत संख्या एकीकृत समाजवादीमै रहेको सचिव गाउँलेको दाबी छ।
एमाले नेताहरुले जिल्ला भेला र बैठकमा उपस्थित हुँदै नभएका मान्छेलाई समेत अनुमानका आधारमा आफुतिर रहेको दाबी गर्दै आएको बताइएको छ।
कुल ६९ सदस्यीय जिल्ला कमिटीमा प्रभाजित खड्काको निधन भएको र रत्न विश्वकर्माले पार्टी परित्याग गरेर बाँकी ६७ जना मध्ये सचिव चित्रसिंह गाउँले,उप सचिव कमलबहादुर शाही,वरिष्ठ नेता विश्वराज वम,नेताहरु मर्मजंग वम,धिर बहादुर बिष्ट,रवीन्द्र शाही,कृष्णकला पाण्डे,तिलबहादुर शाही,दधिसिंह कार्की,दानबहादुर सहकारी,दीर्घ बटाला,धनबहादुर बिष्ट,मणिप्रसाद सिम्खडा,डबल बोगटी,ललिजन वम,प्रखरी बुढा,राजबहादुर वम,दन्त वम,खडानन्द चौलागाईं,विष्णुबहादुर शाही,कम्मर शाही,एकीकृत समाजवादीमा लागेका छन् ।
यसैगरी जिल्ला कमिटीमै रहेका श्रीबहादुर शाही,टेकबहादुर शाही,मदन चौलागाईं भूपेन्द्र वम,जजराज शाही,पुष्पराज आचार्य, गोरख शाही,होबिन्द संज्याल,दुर्गा शाही न्यौपाने,रन रोकाया,जयरुप बटाला,दलबहादुर शाही,नयाँ भण्डारी लगाएतका बहुमत संख्या एकीकृत समाजवादीमा लागेका छन्।
यसैगरी पछिल्लो चरणमा उधोग वाणिज्य संघ कालिकोटका वरिष्ठ उपाध्यक्ष तथा खाँडाचक्र-११ का वडा सदस्य तिलबहादुर शाही लगाएत केपी पक्षमा रहेका जिम्मेवार नेताहरू एकीकृत समाजवादीमा लागेका छन्।
यसैगरी नेकपा हुँदा जिल्ला कमिटीमा मनोनीत मनिराज वराल,जडेनी वम,अग्र बोगटी,जनक सेजुवाल र प्रकाश शाहीले पनि एकीकृत समाजवादीमा साथ दिएर कालिकोटमा नेकपा(एमाले)भन्दा एकीकृत समाजवादी बलियो भएको पुष्टि गरेका छन्।
नेकपा(एमाले)मै रहेको भनेर हल्ला फिजाइएका युवा संघ कालिकोटका अध्यक्ष गणेश शाहीले समेत आफू एकीकृत समाजवादीमै रहेको भनेर सामाजिक सञ्जाल मार्फत स्पष्ट पारेका छन्।
नेकपा एमाले परित्याग गरी ६५ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नेमा जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईं रहेका छन्।
खाँडाचक्र नगरकी उपप्रमुख बिजया बिष्ट र शुभकालिका गाउँ पालिका उपाध्यक्ष पम्फाकुमारी शाही रहेकी छन्। एमालेले जितेका पाँच मध्ये चार जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेका हुन्।
त्यस्तै वडा अध्यक्षहरु डबल बोगटी,रत्नलाल न्यौपाने,मणि सिम्खडा, लोकबहादुर बिष्ट,केशन शाही, रामबहादुर शाही, कर्ण खत्री,धनसिंह विक,धर्मराज शाही महावै (५),धर्मराज शाही तिलागुफा(६),जगदिश शाही,आदिचन्द्र चौलागाईं महावै २ कि गौकला सिहंले पनि एकीकृत समाजवादीमा सनाखत गरेका छन्।
केही वडा सदस्यहरुलगाएत कार्यपालिका सदस्यसमेत गरी ६५ जनाले एमाले त्यागेर समाजवादी पार्टीमा लागेका छन्। कालिकोटमा कुल १ सय ३३ मध्ये महावै ४ का सदस्य रुपलाल सिहं र १ का सदस्य चित्र वहादुर शाही कांग्रेसमा प्रवेश गरिसकेका छन् भने नरहरिनाथ र शान्नित्रिवेणिका २ वडा सदस्यको मृत्यु भैसकेको वताईएको छ। संख्याको बहुमत जनप्रतिनिधिले एकीकृतमा सनाखत गरेको नेकपा (एकीकृत समाजवादी) का नेता चित्रसिंह गाउँलेको भनाई छ।
उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘स्वतन्त्रबाट जाँतो चिन्ह लिएर निर्वाचित भए पनि एकीकृत समाजवादी रोज्ने महावै २ कि वडा अध्यक्ष गौंकला सिंह र निर्वाचन आयोगको समयसीमा सकिदै गर्दा सनाखत गराउन नपाइएका अन्तरमन र आस्था हामीमै रहेका केही अन्य जिम्मेवार जनप्रतिनिधिहरुबाट हामीलाई सहयोग रहनेनै छ।’