कर्णाली प्रदेशमा ३ सय ५४ जनप्रतिनिधि एमाले त्यागी एकीकृत समाजवादी
सुर्खेत भदौ २३प्रदेशमा नेकपा एमालेबाट विजयी भएका ३ सय ५४ जना जनप्रतिनिधिले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन्।
माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएपनि निर्वाचन आयोगले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल रोज्नको लागि मंगलवार सम्मको समय दिएको थियो।
जसमा प्रदेशभरका ७९ स्थानिय तहका ३ सय ५४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेको पार्टीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले जानकारी दिनुभयो। जसमा ज्वाला कै गृह जिल्ला सल्यानका सबैभन्दा धेरै जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन्।
जसअनुसार सल्यानमा गाउँपालिका अध्यक्ष एक जना, उपाध्यक्ष एक जना, वडाअध्यक्ष १९ जना सहित ७६ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।
यस्तै कालिकोटमा अध्यक्ष दुई जना, उपाध्यक्ष एक जना, उपमेयर एक जना,वडाअध्यक्ष १२ जना सहित ६५ जनाले सनाखत गरेका छन्।
यस्तै डोल्पामा मेयर एक जना, वडाअध्यक्ष आठ जना सहित ४२ जना,हुम्लामा पाँच जना, सुर्खेतमा वडाअध्यक्ष पाँच जना सहित १५ जना,दैलेखमा अध्यक्ष दुई जना,उपाध्यक्ष तीन जना, उपमेयर एक जना,वडाअध्यक्ष ११ जना सहित ६५ जनाले सनाखत गरेका छन्।
यस्तै जुम्लामा उपाध्यक्ष एक जना,वडाअध्यक्ष ११ जना सहित ४४ जना, मुगुमा उपाध्यक्ष एक जना,वडाअध्यक्ष सात जना सहित २९ जना,जाजारकोटमा वडाअध्यक्ष दुई जना सहित १० जना र रुकुम पश्चिममा वडाअध्यक्ष एक जना सहित तीन जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।