कर्णालीमा अनलाईन कक्षा विद्यार्थी मैत्रि नभएको अनेरास्ववियूका नेता हमालको भनाई
सुर्खेत २६ साउन-कर्णालीका अधिकांश गाउ वस्तिहरु सुचना र संचारको पहुँचवाट टाढा छन् यिनै वस्तिहरुमा वसिरहेको विद्यार्थीहरुका नाममा चलाईने अनलाईन कक्षा विद्यार्थी मैत्रि नभएको अनेरास्ववियूका नेता तिर्सना हमालले वताएकि छन्।
समोवार सामाजिक सञ्जाल फेशवुकमा अनेरास्ववियूका केन्द्रिय सदस्य समेत रहेकी तिर्सना हमालले लेख्दै भनेकी छन् मुलुकमा लकडाउनका कारण लामो समयदेखि वन्द हुदै आएका शैक्षिक संस्थाहले विद्यार्थीहरुवाट शुल्क अशुल्नका लागी भएपनि भुगोलको अध्ययन विना अनलाई कक्षा संचालन गरिनु सवै विद्यार्थीको हित विपरति छ।
यसै गरि कर्णालीका अधिकांस विद्यार्थीहरु ईन्टरनेटत के फोनको पनि पहुचमा छैनन् यस्तो अवस्थामा सरकरी तथा निजि शैक्षिक संस्थाले नाम मात्रको अनलाई कक्षा संचालन गरेर विद्यार्थीहरुको मनोवोलमा समेत असर पार्नै हुदा सवैको पहुच र सहभागिता हुनेखालका कक्षा संचालन गर्न हमालले सुझाव दिएकि छन्।
उता मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुले अनलाई कक्षा लिईरहेका छन् भने यही बिचमा विश्वविद्यालयले मिडटर्म परीक्षा लिने सूचना समेत जारी गरिसकेको छ जसले गर्दा ईन्टरनेटको पहुँचमा नभएका अधिकांश विद्यार्थीहरु परिक्षा दिन वाट वञ्चित हुने देखिन्छ।
भेरी ज्ञानोदय क्याम्पस जाजरकोटकोट,तिला कर्णाली वहुमुखि क्याम्पस कालीकोट,भेरी क्याम्पस गुमी सुर्खेत,र जनता बहुमुखी क्याम्पस विद्यापुर सुर्खेतमा लामो समय देखि पठनपाठन नभए पनि अनलाई कक्षा संचालन गरिएको छ।
कोरोनाको सन्त्रास सगै नियमित विद्युत नहुनु र गाउँमा ईन्टरनेटको सुविधा नहुदा नहुदै १५/२० प्रतिशत विद्यार्थीका लागी अनलाई कक्षा संचालन गरेर मिडटर्म परिक्षा समेत संचालन गर्नु विद्यार्थीको हित विपरित भएको तिलाकर्णाली वहुमुखि क्याम्पस कालीकोटका सभापति तथा अनेरास्ववियूका केन्द्रिय सदस्य भिम प्रसाद आचार्यले वताए।
सवैले सहभागी हुन सक्ने वातावरण निर्माण गरेर मात्र कक्षा र परिक्षा संचालन गर्न सम्वन्धित निकायलाई सभापति आचार्यले आग्रह गरे।